नियम १२
निवेदन दिने सम्बन्धमा

(१) ऐन तथा यस नियमावली बमोजिम सरोकारवाला व्यक्तिले निवेदन दिन आउँदा त्यस्तो व्यक्ति लेखपढ गर्न नजान्ने भए निजले भने बमोजिम स्थानीय पंजिकाधिकारीले आफैंले लेखी वा लेख्न लगाई निजको ल्याप्चे सहीछाप गराउनु पर्नेछ ।

(२) ऐन वा यस नियमावली बमोजिम निवेदन दिंदा कुनै दस्तुर लाग्ने    छैन ।